आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपाको स्थायी कमिटीः सल्लाहकारदेखि मन्त्री हेरफेर प्रस्ताव जाँदै

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४३५ पाठक संख्या

काठमाडौं , मंसिर २९ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शनिबार तेस्रो पटक बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्ने जनगुनासो बढिरहेकै बेला पार्टी नेताकार्यकर्ताको दबाबमा स्थायी कमिटी बोलाइएको हो ।

आजको बैठकमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेताले गम्भीर छलफलको माग समेत गरेका छन् । सरकारका सल्लाहकार नै गतिलो नभएको भन्दै परिवर्तन गर्नुपर्ने बिषय उठ्ने बताइएको छ । नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले सरकारले जनअपेक्षाका साथै पार्टी घोषणापत्र अनुसार काम गर्न नसकेको बताउनुभयो । पार्टी एकता प्रक्रिया टुंगोमा नपुगेको र जिम्मेवारी बाँडफाँटमा समेत नेतृत्व उदासिन भएको यसबारे छलफल हुने नेता गैरेले बताउनुभयो ।

बैठकमा पार्टी प्रदेश संगठन निर्माणको मापदण्ड तथा त्यसको कार्यबारे स्पष्ट हुनुपर्ने प्रस्ताव पेश हुँदैछ । पार्टी एकता भएको सात महिना बित्दा समेत प्रक्रिया टुंगोमा नपुगेको प्रति नेता गैरेले चिन्ता व्यक्त गर्नुभएको छ । नेकपा स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी ओलीका सल्लाहकार तथा केही मन्त्री हेरफेर गर्नुपर्ने दबाब बढ्ने भएको छ । यसअघि बोलाइएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस