आज:  २०८१ चैत्र ११, मंगलबार | Tue, 25, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंबाट हराइरहेको ३३ किलो सुन कोलकातामा भेटियो !

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ६ साल अघि) ५१९ पाठक संख्या

काठमाडौं , मंसिर २९ : भारतीय प्रहरीले साढे ३३ किलो सुनसहित दुई नेपालीलाई कोलकातामा पक्राउ गरेको छ । यो सुन नेपालको चर्चित साढे ३३ किलो सुनकाण्डकै सुन हुनसक्ने नेपाल सरकारको अनुमान छ ।

१० करोड ४५ लाख रुपैयाँ बराबरको सूनसहित इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा पक्राउ परेका छन् । उनीहरुले मारुती स्विफ्ट कारमा ओसार्दै गरेको अवस्थामा कोलकाता–दिल्ली राजमार्गबाट सुन बरामद भएको भारतीय प्रहरीले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस