आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा ५ बकुलियाका खेलाडीलाई ७ का वडा अध्यक्ष गुप्ताद्धारा ट्रयाक सुट वितरण

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ५ साल अघि) ३७४ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर २९ : जीतपुरसिमरा उपमहानगरपालिका ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलियाका फुटबल खेलाडीहरुलाई ट्रयाक सुट वितरण गर्नुभएको छ । शनिवार बकुलिया क्याम्पसमा आयोजित एक औपचारीक कार्यक्रमका बिच वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ताले बकुलिया ११ का २५ जना खेलाडीलाई ट्रयाक सुट वितरण गर्नुभएको हो ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गुप्ताले खेल र खेलाडीको विकास गर्न आफुले बकुलियाका फुटबल खेलाडीलाई सो पोसाक वितरण गरेको बताउनुभएको छ । उहाँले आफुले राज्यबाट पाएको सेवासुविधाबाट यो पोसाक वितरण गरेको समेत जानकारी गराउनु्भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गुप्ताले सन्तलाल चौधरी जस्ता राष्ट्रिय खेलाडी जनमाउने यस नगरीमा खेल क्षेत्रको विकास हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्नुभएको थियो । उहाँले यस क्षेत्रको खेलको विकासमा आफु सधै अग्रस्थानमा उभिने समेत प्रतिबद्वता ब्यक्त गर्नुभएको थियो ।

घनश्याम चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बकुलिया ११ का अध्यक्ष राधेश्याम चौधरी लगाएत बकुलियाका स्थानिय र खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस