आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जन्तीबसले ठक्कर दिँदा भरतपुरमा एक जनाको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४२२ पाठक संख्या

चितवन , मंसिर २९ : विवाहको जन्ती बसले एक साइकल यात्रीलाई ठक्कर दिँदा भरतपुर महानगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ ।

चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सवारी चालक र जन्ती बस प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ । त्यसैगरी, रत्ननगर नगरपालिकाको सौराहा निपनी चोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राति १ बजे बा ८१ प ८५०० नम्वरको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर खाँदा राप्ति नगरपालिका ८ का १८ वर्षीय अनिश तामाङको मृत्युभएको हो ।

उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने अनमोल तामाङ घाइते छन् । उनको मेडिकल कलेजमा उपचार भैरहेको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस