आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेहाको ब्रेकअपः इंस्टाग्राममा पोखियो यस्तो पीडा

AuthorAP Khabar२०७५ मंसिर २९, शनिबार (५ साल अघि) ४९७ पाठक संख्या

काठमाडौं  , मंसिर २९ : बलिउड गायिका नेहा कक्कर अहिले आफ्नो गीतलाई भन्दा बढी प्रेमसम्बन्धको कारणले चर्चामा छिन् । पछिल्लो ४ वर्षदेखि नायक हिमांश कोहलीसँग प्रेमसम्बन्धमा रहेकी नेहाको हालसालै ब्रेकअप भएको छ । यो खबर भाइरल भईरहँदा नेहाले आफ्नो सामाजिक सञ्जालमामा भएका हिमांश र आफ्ना फोटोहरु डिलिट गरेकी छन् ।

हिमांश र नेहाले एकअर्कालाई अनफलो पनि गरेका छन् । ब्रेकअप भएको चारदिनपछि नेहाले आफ्नो इंस्टाग्राममा एउटा लामो पोस्ट लेखेका छन् । नेहाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘मलाई थाहा छ म एक सेलिब्रेटी हुँ । मैले यो सब लेख्न हुन्नथ्यो तर के गर्नु म पनि एक मानिस नै हुँ । आज अलि बढी नै बिच्छिप्द भएको छु त्यसकारण पनि आफ्नो भावनालाई कन्ट्रोल गर्न सकिरहेको छैन ।’

नेहा अगाडी लेख्छिन्, ‘मलाई थाहा थिएन संसारमा यति खराब मान्छे पनि हुँदारैछन् । अब सबैकुरा गुमाएर होसमा आएपछि के भयो त ? मैले आफ्नो सबैकुरा दिएँ बदलामा के पाएँ ? म भन्नै सक्दिन के पाएँ भनेर । अब मान्छेहरु मेरो बारेमा र यो सम्बन्धको बारेमा कुरा गर्न थाल्छन् । मान्छेले मलाई मुल्याङ्कन गर्छन् । कतिले त मैले नगरेका कुराहरु पनि भन्छन् । तर केही छैन यो सब सुन्ने र सहने मलाई बानी नै परिसक्यो ।’

पछिल्लो ४ वर्षदेखि सम्बन्धमा रहेका उनीहरुको प्रेम नेहा आइडलमा आएपछि टुटेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस