काठमाडौं , पौष ०१ : होटल सेन्टर प्लाजाले आफ्नो शाखा विस्तार गर्ने भएको छ । प्लाजाले बर्दिया राष्ट्रिय निकुञ्जनजिकै शाखा विस्तार गर्न लागेको हो ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका–६ को २ बिघा क्षेत्रफलभित्र जंगल रिर्सोट निमार्ण गर्न लागिएको जानकारी प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले दिए ।
होटल २६ करोड लागतमा निर्माण गर्न लागिएको हो । जसमा ३६ वटा स्वीटरुम, २० वटा डिलक्स रुम र १० वटा जनरल रुम रहने प्लाजाका प्रबन्ध निर्देशक अर्यालले बताए । अर्यालका अनुसार, अबको १५ महिनाभित्रमा होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना छ ।
बदिया नजिकैबाट बाघको दृश्यावलोकन गर्न चाहने आन्तरिक तथा वाह्य पर्यटकहरुको गतिलो गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ । यहाँ बर्सेनि हजारौंको संख्यामा पर्यटक जाने गर्दछन । थारु सस्कृतिबारे रुचि राख्नेका लागि पनि बर्दिया प्रख्यात छ ।
अनलाइनखबर
प्रतिक्रिया दिनुहोस