आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिहान ५ मिनेट लामो श्वास लिनुका फाइदा –जानिराखौँ

AuthorAP Khabar २०७५ पौष १, आईतबार ( ५ साल अघि) ४३१ पाठक संख्या

काठमाडौंपौष  ०१ : मानिसको श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी श्वासप्रश्वास लिदाँ मानिसलाई धेरै फाइदा पु¥याउँछ ।

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

अन्य अंगलाई  सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस