आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनशन बसेका दुई योद्धा बेहोस

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ५०७ पाठक संख्या

काठमाडौं   , पौष  ०१ : जनयुद्धकालमा अंगभंग भएर उपचार नपाएका घाइतेहरु अनशनस्थलमै बेहोस भएका छन् । निःशुल्क उपचार व्यवस्था माग गर्दै मंसिर २७ गतेदेखि माइतीघर मण्डलामा अनशनरत मकवानपुरका मंगलसिंह प्रजा र बर्दियाका लीलाचन्द्र कामी बेहोस भएका हुन् ।

अनशनमा बसेका अरुको पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । चिसो र भोकले कठ्याङ्ग्रिएर प्रजा र कामी बेहोस भएका

युवराज विक

हुन् । ‘गणतन्त्र ल्याउन शरीरका अंग गुमायौं,’ कामीले भन्नुभयो, ‘अहिले उपचारका लागि सडकमा भिख माग्नु परेको छ ।’

अनशन बसेका घाइते अपांग संघर्ष समितिका संयोजक युवराज विकलाई प्रहरीले हिरासतमा लिएर जावलाखेलमा राखेको छ । घाइते अपांगलाई गणतन्त्र योद्धा घोषणा, परिचयपत्र व्यवस्था, रोजगारी, सन्तानलाई निशुल्क पढाइ माग राख्दै उनीहरु अनशन बसेका हुन् । विकसँगै नरवीर दमाई, वीरबहादुर परियार, संग्रामे सार्की, मन दर्जी, लीलाचन्द्र कामी र मंगलसिंह प्रजा आमरण अनशन बस्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस