प्युठान , पौष ०१ : उद्योग वाणिज्य सङ्घको १० औँ अधिवेशनबाट अध्यक्षमा संयुक्त ब्यवसायी प्यानलबाट केदारमान कक्षपति निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न भएको निर्वाचनबाट सङ्घको नयाँ नेतृत्वमा संयुक्त ब्यवसायी प्यानलबाट कक्षपति निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा कक्षपतिको नेतृत्वको बाम गठबन्धन निकट संयुक्त ब्यवसायी प्यानल र नेपाली कांग्रेस निकट अधिकारी ब्यवसायी प्यालनबीच प्रतिस्पर्धा भएको थियो ।
सङ्घको १० औँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रभात केसी, वाणिज्य उपाध्यक्षमा दुर्गाप्रसाद भुसाल, महासचिव कृष्णभक्त गिरी र कोषाध्यक्षमा सुरेन्द्र जिसी निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस