आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलात्कारको रहस्य खुल्योः सांसद यादवसहित ५ जना जेल चलान हुँदै

AuthorAP Khabar२०७५ पौष १, आईतबार (५ साल अघि) ४६९ पाठक संख्या

काठमाडौं , पौष  ०१ : भारतको बिहार नवादामा एक बालिकामाथि भएको बलात्कारमा एक सांसदसहित ५ जनालाई आरोपी ठह¥याइएको छ । राष्ट्रिय जनतादल (राजद)बाट निलम्बनमा परेका सांसद राजवल्लव यादवसहित अन्य ५ जना विरुद्ध त्यहाँको अदालतले २१ डिसेम्बरमा फैसला सुनाउने भएको छ । उनीहरु सबैलाई दोषी ठहर गरिसकेको छ ।

मिडिया रिर्पोटका अनुसार गएको ४ डिसेम्बरमा भएको सुुनवाईमा बिशेष न्यायधीश परशुराम सिंह यादवले फैसला गरेका थिए । यो घटनामा करिब ४ महिनासम्म बहस चलेको थियो । यसको निर्णय गर्नका लागि शनिबारको मिति तय भएको थियो । प्रहरीले घटनालाई २० अप्रिल २०१६ मा दर्ता गराएको थियो । ती पाँचै जना घटनामा संलग्न भएको भन्दै त्यहाँको अदालतले कडा सजाय सुनाउँदै छ ।

भारतको नालन्दा जिल्लामा एक १५ वर्षीया बालिकामाथि बलात्कार भएको भन्दै त्यहाँका महिलाले उजुरी गरेका थिए । ठानामा ९ फेब्रअरीमा निवेदन दर्ता गराइएको थियो । उसलाई जन्मदिनको पार्टीमा बोलाएर बलात्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस