काठमाडौं , पौष ०१ : गीतकार दुर्गा प्रधानको पहिलो गीति एल्वम ‘वन्ली फर यू’ नेपालको सांगीतिक बजारमा आएको छ । प्रधानको एकल शब्द रचना तथा विनोद पछाईको एकल संगीत रहेको सो एल्बममा पाँच वटा गीत संग्रहित छन् ।
गीतमा अन्जु पन्त, विनोद पछाई, दीपा लामा, मेलिना राई र शिव परियारको स्वर छ । जसमध्ये शिव परियारको आवाजमा रहेको ‘रात पनि दिन हुन्छ…’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस