AP डेस्क
जीतपुर, पुस ०१ : बाराको जितपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा डेरा गरी बस्ने एक युवक अाईतवार साँझ मृत फेला परेका छन् ।
जितपुरसिमरा १५ काटाटोल स्थित राधाकृष्ण चौधरीको घरमा डेरा गरि बस्ने कोल्हवी नगरपालिका ३ का २३ बर्षिय बिशाल चौधरी आफ्नै कोठामा मृत भेटिएको सिमरा प्रहरीले जनाएको छ ।
मृतक चौधरी जितपुरसिमरा १४ रजघट्टा स्थित श्री जनता माध्यमिक विद्यालयमा कृषि प्राबिधि संकाय तर्फ अध्यनरत थिए ।
शनिबार राति खाना खाएर सुतेका चौधरी आइतबार साझ सम्म कोठाबाट बाहिर ननिस्केपछी घरधनिले प्रहरीलाई खबर गरेका थिए ।
कोठामा निसस्सिएर चौधरीको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुबाश हमालले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको र घटना बारे थप अनुसनधान भै रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक हमालले जानकारी दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस