आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजगढमा ट्यान्करले स्कुटरलाइ ठक्कर दिदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ४०० पाठक संख्या

निजगढ  , पुस २  : पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराकाे निजगढ ७ देउराली चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिदा एक महिलाकाे मृत्युु भएकाे छ । श्रीमान श्रीमति सवार स्कुटरलाइ आइतबार मध्यरातमा ट्यान्करले  ठक्कर दिदा श्रीमतिको मृत्यु भएको छ भने श्रीमान सामन्य घाइते भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ७ ख ९१७१ नम्बरको ट्यान्करले राति १२:३० बजे निजगढको भित्री सडक तर्फ मोड्न लागेको बा ५० प ३८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृत्यु हुनेमा मोरङ डर्वेसा स्थायी घर भई निजगढ  बस्ने  ३७ वर्षिया दुर्गा शिवाकोटी रहेको प्रहरीले बताएको छ । मृतकका श्रीमान डम्बर डम्बर शिवाकोटी सामान्य घाइते छन् ।  सामान्य घाइते उनको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेकाे छ ।

दुर्घटना पछि ट्यान्कर चालक फरार छन् भने दुर्घटनामा संलग्न सवारी ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।

हेडलाईन

प्रतिक्रिया दिनुहोस