आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज सार्वजनिक विदा

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ५३१ पाठक संख्या

काठमाडौं  , पुस २  :  कीर्तिपुरमा इन्द्रायणी देवीको र चन्द्रागिरीमा विष्णुदेवीको जात्रा भैरहेको छ । त्यहाँ आज सार्वजनिक विदा दिइएको छ । सतुंगल, लोहँकोट, बोसिगाउँ, नैकाप लगायतका बासिन्दाले बल्खुमा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ ।

बिहानैदेखि नैकाप, सतुंगल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा केही दिनअघि बली दिएको मासुको परिकार सजाएर चढाउने भक्तजनको घुँइचो लागेको छ । आजै देव–देवीलाई खटमा राखेर जात्रा गरिनेछ । जात्राका कारण कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस