आज:  २०८२ चैत्र १, आईतबार | Sun, 15, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

राप्तीले बगाएर भारत पुर्याएको गैंडा यसरी ल्याइयो

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ७ साल अघि) ५२५ पाठक संख्या

काठमाडाैं  , पुस २  :  राप्ती नदीले बगाएर भारत पुर्‍याएको पोथी गैँडालाई आइतबार राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

निकुञ्जले गैंडा नेपाल फर्काउनका लागि अनवरत प्रयास गरे पनि सफल हुन सकेको थिएन । ‘भारतीय जंगलमा गैंडा कहिले यता कहिले उता जाने गरेका कारण भेट्टाउन मुस्किल भैरहेको थियो’ निकुञ्जका सूचना अधिकृत गोपालबहादुर घिमिरेले भन्नुभयो ‘गैंडा भारतीय जंगलमा भेटिए पनि भारतीय भूमिमै बेहोस पार्न कानुनी कारणले नमिल्ने अवस्था थियो ।’

तर कानुनी अडचनमा फसेको निकञ्जको समस्या सुस्तावासीले सहज पारे । सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले भन्नुभयो ‘सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै गैंडालाइ नेपाली भूमितर्फ ल्याउँँदै सुस्ता पुर्‍याइएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस