आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स, टप १० सम्म पुगिन् मनिता

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ४७४ पाठक संख्या

 काठमाडौं , पुस २  : मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।

फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा भने टप १० सम्म मात्रै पुग्न सफल भइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस