आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेस महासमिति बैठक २ घण्टालाई स्थगित

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ४०३ पाठक संख्या

काठमाडौं  , पुस २  :  नेपाली कांग्रेसको महासमिति बैठक २ घण्टाको लागि स्थगित भएको छ । पार्टीको विधानबारे छलफल गर्नको लागि बैठक केहीबेरको लागि स्थगित गरिएको हाे ।

विधानबारे छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक संसदीय दल सिंहदरबारमा बसेको छ । केन्द्रीय समितिको बैठकपछि महासमिति बैठक शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महासमिति बैठकमा सोमबार पदाधिकारी निर्वाचन प्रकृयाको साथै राजनीतिक, आर्थिक र लेखा प्रतिवेदबारे छलफल हुने कार्यक्रम छ ।
शनिबारदेखि शुरु भएको महासमिति बैठकमा प्रतिनिधि र पर्यवेक्षक गरी १ हजार ७ सय सहभागी छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस