आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आयो ओली र दाहालको संयुक्त प्रतिवेदन

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं, पुस २  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले स्थायी कमिटी बैठकमा पेश गरेको संयुक्त प्रतिवेदनमा अघिल्लो सरकारले आर्थिक अवस्था तहसनहस पारेको उल्लख छ । सरकारका नौ महिना शीर्षकमा प्रतिवेदनमा भनिएको छः ;/सरकार गठन हुँदा राजनीतिक र आर्थिक अवस्था अस्तव्यस्त थियो, आर्थिक स्थिति संकटग्रस्त बनाएर छाडेको थियो ।’

प्रतिवेदनमा कर्मचारीलाई भरोसा र प्रोत्साहन गरेर संघीयता कार्यान्वयन गर्नु पर्नेमा प्रशासन अस्तव्यस्त बनाइएको उल्लेख छ । सरकारका नौ महिनामा वृहत्तर सहमति निर्माण, संघीयता कार्यान्वयन, अनुकुल बाह्य सम्बन्ध, महत्वपूर्ण कानुन निर्माण, सामाजिक सुरक्षा, सिण्डिकेट, तस्करी र अन्य विकृतिमाथि हस्तक्षेप गर्न सरकार सफल भएको उल्लेछ । यस्तै, विद्यार्थी भर्ना अभियान, स्वास्थ्य विमा, राष्ट्रिय परिचय पत्र र पुनर्निर्माणको काममा पनि सरकार सफल भएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस