आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उम्केलान् त टीकापुर घटनामा दोषी मानिएका रेशम चौधरी !

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ५७६ पाठक संख्या

काठमाडौं , पुस २  : कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते एक नाबालकसहित ७ प्रहरीको हत्या घटनाको मुद्दामा सांसद रेशमलाल चौधरीको सोमबार सुनुवाई हुँदैछ । घटनासम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको हो । उक्त घटनामा संलग्न सहित २६ जनालाई विपक्षी बनाइएको छ ।

कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ । गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् ।

त्यसैगरी आरोपी लक्ष्मण थारुसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरु पोखरास्थित बाल सुधार गृहमा छन् । ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छ्रैनन् । राजपाले भने कैलाली घटनालाई राजनीतिकरुपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरुलाई रिहा गर्न माग गर्दै आएको छ । सांसद चौधरीलाई सपथ गराउने÷नगराउने बिषयमा यो सुनुवाईने निर्णय गर्नेछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस