आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ओभर लोड् १२ वटा ट्रक बारामा पक्राउ

AuthorAP Khabar२०७५ पौष २, सोमबार (५ साल अघि) ६६९ पाठक संख्या

 AP सम्बाददाता

बारा ,  पुस २ : प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले ओभर लोड् गरेका १२ वटा ट्रकलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ । ओभर लोड् बोकेर चितवन जान लागेका ती ट्रकहरुलाई ट्राफिक प्रहरी सोमवार बिहान पक्राउ गरि नियन्त्रणमा लिएको हो । पक्राउ परेका सो ट्रकहरुले तोकिएको परिमाण भन्दा ६ देखि ९ टन सम्म बढी भार बोकी ल्याएको हुँदा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको थियो ।

ट्राफिक प्रहरीले पक्राउ परेका गाडीहरुलाई कारावाहीको लागि बिरगंज स्थित नारायणी यातायात व्यवस्था कार्यालय पठाउँने भएको छ । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी निरिक्षक रिपेन्द्र सिंहले पक्राउ परेका ट्रकहरुलाई यातायात व्यवस्था विभाग बिरगंजमा कारावाहीका लागि पठाइँने र त्याहाँबाट प्राप्त निर्देशन अनुसार थप कारावाही गरिने बताएका छन् ।

उनले बढी भार बोकेर हिँड्ने गरेको कारण सड्क , पुललाई क्षेती पुग्नुका साथै सवारी दुर्घटनाको सम्भावना बृद्धि हुँने बताए ।  ६ महिना यता ट्राफिक प्रहरीले चलाएको चेकजाँचमा यत्रो परिणाममा भार बाहन क्षमताका ट्रक पक्राउ परेको पहिलो पटक हो । ट्राफिक प्रहरीले पछिल्लो समय सड्क र पुललाई मध्य नजर गर्दै बढी भार बोक्ने सवारीका साधनहरुलाई चेकजाँचमा कडाई गरेको छ ।

प्रतिक्रिया दिनुहोस