आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ए डिभिजन लिग : एनआरटीको लगातार आठौं हार

AuthorAP Khabar २०७५ पौष २, सोमबार ( ५ साल अघि) ५७१ पाठक संख्या

काठमाडौं  , पुस २  : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले लगातार आठौं खेलमा पनि हार ब्यहोरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्बलसँग एनआरटी १–० गोलअन्तरले पराजित भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले गोल गरे ।

खेलको ४५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

जितसँगै हिमालयन शेर्पा क्लबले नवौं खेलबाट १४ अंक बनाएको छ । त्यस्तै, हिमालयन शेर्पा छैटौं स्थानमा उक्लिएको छ । लिगको पुछारमा रहेको एनआरटी अझै जितविहीन रहेको छ ।

आफ्नो पहिलो खेलमा बलियो टोली आर्मीसँग २–२ गोलको बराबरी खेलेको एनआरटीले त्यसयता लगातार आठौं खेलमा हार ब्यहारेको हो ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस