आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छोरा भनेर भारतीय नागरिक ज्वाईंलाई नागरिकता दिन खोज्ने पक्राउ

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४६४ पाठक संख्या

महोत्तरी , पौष ०३ :  झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाले बिहार मुजफ्फपुर शिवदासपुर ६ दौरा असलीभारत बस्ने २१ बर्षीय कोराजपाल सहनी र महोत्तरी औरही नगरपालिका ३ बस्ने ३९ बर्षीया सिवो देबीलाई पक्राउ गरेको हो ।

महोत्तरी साविक श्रीपुर गाबिस २ (हालको औरही नगरपालिका ३) बस्ने सिवो देवीले आफ्नो जेठो ज्वाईं भारतीय नागरिक सहनीलाई आफ्नो छोरा सरोज सहनी हो भनी नेपाली नागरिकताको प्रमाण पत्र बनाउन झुटो विवरण पेश गरेको पाइएको प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

उक्त घटनामा संलग्न सिवोदेवी र उनका ज्वाईं भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट भारत सरकारबाट जारी भएको आधार कार्डसमेत बरामद भएको प्रहरी निरीक्षक आचार्यले बताए ।

उनीहरुविरुद्ध झुटो विवरण पेश गरी नागरिकता प्रमाण पत्र लिन खोजेको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि अदालतबाट प्रहरीले म्यादसमेत लिइसकेको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस