आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुम्बईको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं , पौष ०३ :  भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । १४७ जनालाई भने उद्धार गरिएको छ ।

उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालमा फसकेकाहरुलाई भर्‍याङ राखेर उद्धार गरिएको थियो ।

सोमबार साँझ मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो । घाइते र मृतकमध्ये धेरैजसो विरामी र अस्पतालका कर्मचारीहरु छन् ।

आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । स्वास्थ्यमन्त्री दीपक सावन्तले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

आगो नियन्त्रणमा लिन कम्तिमा १० दमकnm १५ वटा पानी ट्यांकर, अन्य विशेष उपकरण र अग्नि नियन्त्रकहरु खटिएका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस