आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईपीएल क्रिकेटः फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४५५ पाठक संख्या

काठमाडौं , पौष ०३ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ ।

टियु क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो ।

लिग चरणको खेलमा भने ललितपुरले काठमाडौंलाई १० विकेटले पराजित गरेको थियो । यही जितलाई निरन्तरता दिने लक्ष्यमा ललितपुर छ । काठमाडौं भने हारको बदला लिने दाउमा रहेको छ ।

यो राउण्डमा जित्ने टिम फाइनल प्रवेश गर्ने छ भने पराजित टिमले इलिमिनेटर राउण्डको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

इलिमिनेटरमा भने भैरहवा ग्लाडिएटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने छ । यो खेल बुधबार हुने छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस