काठमाडौं , पौष ०३ : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले आज च्यासल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज साढे २ बजे सुरु हुने खेलमा लिगको शीर्ष स्थानमा रहेको मनाङले च्यासलसँग खेल्न लागेको हो । दुवै टिम जितको खोजीमा हुनेछन् ।
आठौं खेलसम्म आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको मनाङले च्यासललाई पनि पराजित गर्दै उपाधि होडलाई अझ मजबुत बनाउने लक्ष्यमा छ । च्यासल पनि मनाङलाई रोक्ने लक्ष्यमा रहेको छ ।
लिगको शीर्ष स्थानमा रहेको मनाङको आठ खेलबाट २४ अंक छ । च्यासल भने आठ खेलबाट १३ अंकसहित लिगको सातौं स्थानमा छ ।
आजै हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
अनलाइनखबर
प्रतिक्रिया दिनुहोस