अब लागौं, यस बर्षका चर्चित सेलिब्रेटीतर्फ । सन् २०१८ कुन बलिउड सेलिब्रेटीको लागि फलिफापयुक्त भयो ? गुगलको सूची अनुरुप छनौट गरिएको नाम यहाँ पेश गरिएको छ ।
१. प्रियंका चोपडा
प्रियंका चोपडाले बर्षभर अत्यधिक चर्चा पाइन् । कहिले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साक्षात्कारमा छोटो पहिरन लगाएको कारण त कहिले निक जोनससँग डेट गरेको कारण । कहिले सलमान खानको फिल्म साइन गरेको कुरा त कहिले सलमानको फिल्म छाडेको कुराले । आखिरमा उनले अमेरिकन गायक, अभिनेता निक जोनससँग जोडी बाँधिन् ।
२. सारा अलि खान
सैफ अली खानकी छोरी अर्थात शर्मिला टैंगोरकी नातिनी सारा अलि खान । तर, उनले यस बर्ष आफ्नो पुरानो विशेषण छोट्याइन् । उनलाई चिनाउनका लागि शर्मिलाकी नातिनी भनिरहनु परेन । सैफकी छोरी भनिरहनु परेन । किनभने यसबर्ष उनले बलिउड डेब्यु गरिन् । र, आफ्नो नामको अगाडि अभिनेत्रीको विशेषण जोडिन् ।
यसबर्ष उनको चर्चा खुब चल्यो । खासगरी विवादित डेब्युको कारण । पहिलो खबर थियो, करण जौहरले उनलाई डेब्यु गराउँदैछन् । अर्कोतिर सलमान खानले लन्च गराउने चर्चा चल्यो । यसैबीच साराकी आमा अमृता सिंहले साराका लागि फिल्म ‘केदारनाथ’ छनौट गरिन् ।
फेरी फिल्म निर्माता र निर्देशकको झगडाले उनको प्रोजेक्ट रोकियो । यसैबीच निरास सारा करण जौहरको शरणमा पुगिन् । उनलाई ‘सिंबा’ फिल्ममा लिइयो । उनी यही फिल्मबाट डेब्यु गर्नेवाला थिइन् । तर, बर्षको अन्त्यतिर ‘केदारनाथ’ आफ्नो ट्र्याकमा आयो । साराले अभिनय गरिन् । फिल्म प्रदर्शन भयो । साराको डेब्युको कथा पनि बद्लियो ।
३. सलमान खान
त्यसो त सलमान खानलाई चर्चामा रहनका लागि कारण चाहिँदैन । यद्यपी यसपाली उनले जोधपुर जेलमा दुई रात विताएको र ईदको बेला फिल्म ‘रेस–३’ नराम्ररी पछारिएको कारण उनको चर्चा चुलियो ।
४. दीपिका पादुकोण
यो स्थान दीपिका पादुकोणले आफ्नो मेहनतले प्राप्त गरिन् । किनभने ठूलो एवं फराकिलो मन चाहिन्छ, एक महिना विवाहको उत्सव मनाउनका लागि । दीपिकाले दुई विवाह र चार रिसेप्सन दिइन् ।
५. सोनम कपुर
सोनम कपुरको विवाह कुनै अम्बानीकी छोरीको विवाहभन्दा कम थिएन । किनभने उनको विवाहमा पुरा बलिउड एकत्रित भएका थिए । शाहरुख, सलमान, आनिल कपुरले यस विवाहमा टल्की डान्स गरेका थिए ।
६. सोनाली बेन्द्रे
सोनाली बेन्द्रे भने नकारात्मक कारणले चर्चामा आइन् । टेलिभिजन रियालिटी शोको निर्णायकको रुपमा सक्रिय रहेकी उनलाई क्यान्सर भयो । यो खबरले बलिउडमा सन्नाटा छायो । यद्यपि उनको हौसला र उत्साह देखेर सबैले उनलाई सलाम गरे । आखिरमा उनी क्यान्सरलाई जित्न सफल भएकी छन् ।
७. अर्जुन कपुर
अर्जुन कपूरले सौतेनी आमा श्रीदेवीको मृत्युपछि दुई बहिनीलाई आड भरोसा दिए । जबकी पहिले यी दाजुबहिनीको सम्वन्ध राम्रो थिएन । कठिन समयमा बहिनीहरुप्रति उनले जुन व्यवहार गरे, त्यसले सबैको मन जित्यो । उनको सर्वत्र तारिफ भयो । यसपछि उनको परिवार पनि एकजुट भयो । यद्यपि मलाइका अरोडासँगको उनको अफेयरले भने धेरैलाई नाक खुम्चाउन बाध्य तुल्यायो ।
८. जान्भी कपुर
अर्जुन कपूरसँगै अरु कसैको चर्चा भयो भने उनी थिइन्, जान्भी कपूर । श्रीदेवीकी छोरी जान्भीले आमाको निधनपछि फिल्मलाई निरन्तरता दिइन् । उनको फिल्म ‘धडक’ सार्वजनिक भयो र यसले दर्शकको मन जित्यो । साथसाथै जान्भीको अभिनयले पनि दर्शकलाई लोभ्यायो । प्रतिकुल परिस्थितिसँग जुधेर उनले जुन सफलता हासिल गरिन्, त्यसको धेरैले खुलेर चर्चा गरे ।
९. तनुश्री दत्त
तनुश्री दत्तले बलिउडमा मिटूको लहर छेडिन् । तनुश्रीले नाना पाटेकरका विरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरिन् । १० बर्षअघि नाना पाटेकरले एक फिल्मको सेटमा आफुमाथि दूव्र्यवहार गरेको भन्दै उनले आवाज उठाएकी थिइन् । तनुश्रीको हिम्मतपछि अरु बलिउड स्टारले यौन उत्पीडनबारे खुलेर आवाज उठाए ।
१०. इरफान खान
सोनाली बेन्द्रेका साथै इरफान खानलाई क्यान्सर भएको कुराले सर्वत्र चर्चा पायो । इरफानले बेलाबेला आप्mनो स्वास्थ्य स्थितीबारे अपडेट गराइरहे ।
प्रतिक्रिया दिनुहोस