आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

उखुबारीमा रगताम्य अवस्थामा भेटिइन् बालिका, बलात्कारको आशंका

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४८३ पाठक संख्या

जनकपुरधाम  , पौष ०३ :  धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका रगताम्य अवस्थामा भेटिएकी छन् । उनीमाथि बलात्कार भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार गएराति नै बस्नेतलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा बस्नेतले विदेशी चकलेट दिने भन्दै फकाएर बालिकालाई उखुबारीमा लगेका थिए ।

बालिकाको रक्तस्राव नरोकिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

बलात्कृत बालिकाकी आमा दृष्टिबिहीन हुन् । पक्राउ परेका बस्नेतले मादक पदार्थ सेवन गरेको खुलेको छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस