काठमाडौं , पौष ०३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो पहेँलो धातु बोकेर निस्केका एक युवा प्क्राउ परेका छन्।
भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ जस्तै देखिने पहेँलो धातु बोकेर हिड्दा पक्राउ परेका हुन् । उनीबाट ११६ ग्रामका चार बिस्कुट र करिब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा मंगलबार बिहान पक्राउ गरिएको हो ।
त्यस्तै काठमाडाै महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट त्यही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस