आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘इमो’बाट ४५ हजार ठग्ने ३ पक्राउ

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४१० पाठक संख्या

बुटवल  , पौष ०३ :  के तपाईलाई कसैले चिठ्ठा पर्यो भनी सामाजिक सञ्चालमा म्यासेज गरेका छन् ? लाखौंको चिठ्ठा पर्यो भन्दै रकम लिनु अघि कर तिर्न पर्छ भन्दै रकम माग गरेका छन् ? त्यसो हो भने ख्याल गर्नुस् । तपाई ठगिन पनि सक्नुहुन्छ । ईलाका प्रहरी कार्यालयले यस्तै चिठ्ठा परेको भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल ईमोमार्फत चिठ्ठामा लाखौं रकम परेको प्रलोभन देखाएर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चिठ्ठा परेको लाखौं रकमको सरकारलाई कर तिर्न पर्ने भन्दै ४५ हजार भारतीय रुपैयाँ आईएमई मार्फत रकम ठगि गर्ने सिद्धार्थनगपालिका वडा नंं १ का २१ बर्षिय अव्दुल हफिज पठान, रोहणी गाउपालिका वडा नंं १ का २० वर्षीय सम्सुदिन जोलाहा र भारत महाराजगंज जिल्ला घर भई सुनौली बस्ने १८ वर्षीय मुन्ना भन्ने मोहम्मद हसनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

२५ लाख भारु चिठ्ठा परेको र त्यस बापत सरकारलाई कर तिर्न ४५ हजार रुपैया भारु माग गरेपछि प्रहरीले उनीहरुमाथिको निगरानीलाई बढाएको थियो । आईएमईबाट रकम निकाल्दै गर्दा प्रहरीको टोलीले तीनजनालाई पक्राउ गरेको हो । उनीहरुले रकम निकाल्दा नक्कली नागरिकता प्रयोग गरिएको भेटिएको छ । नागरिकताका बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस