आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिनानिष्कर्ष सकियो कांग्रेस पदाधिकारी बैठक

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ४७५ पाठक संख्या

काठमाडौं  , पौष ०३ :  पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद समाधानका लागि छलफलमा बसेको कांग्रेस पदाधिकारी बैठक बीना निष्कर्ष सकिएको छ ।

विधानमा देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरु पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलमा जुटेका थिए । विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने भन्नेमा काँग्रेस शिर्ष नेतृत्वबीच विवाद छ ।

पदाधिकारी संख्या बढाउन नहुने अडानमा संस्थापन पक्ष अडिएपछि महासमिति बैठकमा पेश गर्ने विधान मस्यौदामा सहमति जुटन नसकेको हो । महासमिति बैठक केही समयमा बस्दैछ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस