आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा लागुपदार्थ सहित एक पक्राउ

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ५०३ पाठक संख्या

AP संवादाता
सप्तरी, पुस ४ : जील्ला प्रहरी कार्यालय सप्तरीले तिलाठि कोइलाडी गाउँपालिका १ बाट लागुपदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार दरभंगा स्थित शुभंकरपुर ८ का २० वर्षीय विक्की कुमार रायलाई पक्राउ गरेको हो ।
मंगलवार प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा लागुपदार्थसहित निजलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ लागुपदार्थ ल्याउने क्रममा पक्राउ गरिएको विक्कीको साथबाट एनसीट र स्पास्मो प्रोक्सीन प्लस १३ र १२ थान तथा कोरेक्स १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
विक्कीलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जील्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस