आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पेट्रोल र डिजेलको मूल्य २–२ रुपैयाँ घट्यो

AuthorAP Khabar २०७५ पौष ३, मंगलबार ( ५ साल अघि) ५३० पाठक संख्या

काठमांडौ, पुस ३ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको नयाँ मूल्य सूची घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा २ रुपैयाँ तथा डिजेल र मटितेलमा प्रतिलिटर समान २ र २ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार मंगलाबार रातिबाट लागू हुने गरी मूल्य घटाएको हो ।
मूल्य घटेपछि बुधबार बिहानबाट उपभोक्ताले पेट्रोल १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न पाउनेछन् ।
खरिद दर घटेपछि निगमले नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस