आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एनसेल टावरको ब्याट्री चोरेर भाग्दै गर्दा गाडीसहित चारजना पक्राउ

AuthorAP Khabar २०७५ पौष ४, बुधबार ( ५ साल अघि) ३९५ पाठक संख्या

धनुषा  ,पौष ०४  : एनसेल टावरको ब्याट्री चोर्ने एक गिरोहलाई चोरेको व्याट्री र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मीनिवासको जनमुक्तिचोकमा रहेको एनसेललको टावरबाट मंगलबार राति व्याट्री खोलेर बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कार्पियो गाडीमा राखेर भाग्दै गरेको बेला बटेश्वर प्रहरी चौकीले उनीहरुलाई पक्राउ गरेको हो ।

गस्तीमा रहेको बटेश्वर प्रहरी चौकीका प्रहरीले रोकेर बिलबुक चेक गर्दा एकजना भाग्न खोजेपछि प्रहरीलाई शंका लागेको थियो । त्यसपछि चेक गर्दा चोरीको व्याट्री फेला परेपछि गाडीमा रहेका चारै जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरमा राखेर थप अनुसन्धान भैरहेको छ । चोर गिरोह सिरहा जिल्लाको रहेको र उनीहरु यसअघि पनि चोरीको घटनामा संलग्न रहेको आशंका छ ।

उज्यालो अनलाईन डटकमबाट

प्रतिक्रिया दिनुहोस