आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लुटेराले ट्याक्सी चालकको आँखा फुटाए

AuthorAP Khabar २०७५ पौष ४, बुधबार ( ५ साल अघि) ४८८ पाठक संख्या

काठमाडौं ,पौष ०४  :  मध्यराति यात्रु बनेर ट्याक्सी चढेका दुई लुटेराले छुरा प्रहार गरी लुटपाट गरेका छन् । ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट कुमारीपार्टी जानका लागि ट्याक्सी चढेका लुटेराहरूले चालकको आँखा फुटाएर लुटपाट गरेका हुन ।

बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कालाई राति १ बजे छुरा प्रहार गरी घाइते बनाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

अन्दाजी २५ देखि ३० वर्षका दुई व्यक्तिले आफूमाथि छुरा प्रहार गरी लुटपाट गरेको पीडित चालकले बताएका छन्। उनीहरूले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको उनले बताए।

प्रहरीका अनुसार लुटेराहरूको आक्रमणबाट चालक खड्काको बायाँ आँखा फुट्नुका साथै टाउकामा गम्भीर चोट लागेको छ। घाइते खड्कालाई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले ललितपुरले जनाएको छ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस