काठमाडौं ,पौष ०४ : शहीद स्मारक ‘ए डिभिजन लिग’ फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेल नेपाल पुलिस क्लब र बिग्रेड ब्वाइजबीच हुँदैछ ।
खेल बिहान ११ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ । आठ खेल खेलेको पुलिस क्लब चारमा जीत, दुईमा हार र दुईमा बराबरीमा रोकिएको थियो । पुलिस १४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने, आठै खेल खेलेको ब्रिग्रेड ब्वाइज ४ अंकसहित तालिकाको बाह्रौ स्थानमा छ । ब्वाइजले जारी खेलमा एकमा मात्र जीत निकालेको छ । भने एक खेल बराबरी खेलेको थियो ।
आजै हुने दोस्रो खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी आमने सामने हुँदैछन् । ८ खेल खेलेको थ्रीस्टार सातमा जीत र एकमा हार बेहोर्दै २१अंकसहित लिगको तेस्रो स्थानमा छ भने, समान खेल खेलेको आर्मी १७ अंकसहित लिगको चौथो स्थानमा छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस