आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्यटन प्रबद्धनका लागि मास्टर प्लान बनाएर अगाडी बढ्ने : मुख्य मन्त्रि राउत

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ५३६ पाठक संख्या

AP डेस्क
जीतपुर, पुस ६ : प्रदेश नम्बर २ का मुख्य मन्त्रि लालबाबु राउतले पर्सा राष्ट्रिय निकुञ्ज लगाएतको क्षेत्रमा पयृटन प्रबद्धन गर्न बिज्ञको टोली गठन गरेर योजना बद्ध रुपमा अगाडी बढने जानकारी दिनुभएको छ । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत रहेको जनहित उपभोक्ता समितिले तैयार पारेको पर्यटन प्रबद्धन प्रस्तावना लिदै उहाँले प्रदेश नम्बर २ को प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जका साथै प्रदेश नम्बर २ मा रहेको धार्मीक र एतिहासिक क्षेत्रको समेत विकास गर्न मास्टर पलान बनाएर अगाडी बढ्ने सबैको साथ सहयोग चाहिने कुरामा जोडदिनुभएको थियो ।
यसैगरी प्रस्तावना पत्र लिदै प्रदेश नम्बर २ का उद्योग, पर्यटन बन तथा बातावरण मन्त्रि रामनरेश रायले पर्यटनका प्रचारप्रसार गर्न आफु ईच्छुक रहेको बताउनु भएको छ । उहांले आउदो वर्षको बजेटमा बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्ज सहितका क्षेत्रलाई समेटेर कार्ययोजना बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ ।
यता प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विकले पर्सा राष्ट्रिय निकुञ्ज लगाएतका क्षेत्रमा पर्यटनको सम्भावना प्रबल रहेको कुरामा जोडदिदै पर्यटनलाई प्रबर्धन गर्न सके प्रदेश नम्बर २ लाई आर्थिक रुपमा सबल बनाउन यसले अहम भुमिका निर्वाह गर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा जानहित उपभोत्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले प्रस्तावना पत्र दिदै विगत लामो समयदेखि बन संरक्षणमा काम गर्दै आएको यस समितिले वन–वन्यजन्तु र जौविक विभित्ताको संरक्षण गर्दै जलवायु परिवर्तनसंग सम्बन्धित चेतनामा बृद्धि गर्ने र स्थानियहरुलाई बन संरक्षणका साथै पर्यटनका माध्यमबाट आर्थिक विकासको बाटोमा अग्रसर गराउने उद्धेश्य सहित यस अभियानको सुरुवात गरेको जानकारी गराउनु भएको थियो ।
जनहित उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको टोलीमा भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशलकुमार मुल्मी, मुसहर्निमाई सामुदायीक बन समुहका सचिव गंगा प्रसाद, राधाकृष्ण सामुदायीक बन समुहका सदस्य रामबहादुर कार्कि, जनजागरण सामुदायीक बन समुहका सचिव विपिन स्यांगबो, संचारकर्मि अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस