आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रेल्वे रोडको ‘राइट अफ वे’ क्लिएर गर्न वीरगञ्ज महानगरले चलायो डोजर

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ४९२ पाठक संख्या

वीरगञ्ज ,पुस ६ :  : वीरगञ्ज महानगरपालिकाले रेल्वे रोडको ‘राइट अफ वे’ क्लियर गर्न अभियान सुरु गरेको छ ।

व्यवस्थित वीरगञ्ज अभियानको पहलमा नेपाल प्रहरीसमेतको सहयोगमा महानगरपालिकाले सडकको राईट अफ वे क्लियर गर्न थालेको हो ।  सडकको ‘राइट अफ वे’ क्लियर गर्न डोजर चलाइएको प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले जानकारी दिए ।

सडकको ‘राइट अफ वे’ क्लियर नहुँदा नाला निर्माणको काम रोकिएको गुनासो आएपछि काम अघि बढाइएको उनको भनाइ छ । ६ महिनाअघि घरधनीहरुले अतिक्रमण हटाउने लिखित सहमति गरेपनि कार्यान्वयन नगरेका कारण बाध्य भएर डोजर चलाउनु परेको महानगरपालिकाले जानाएको छ ।

वीरगञ्जको घण्टाघरदेखि दुई किलोमिटरसम्म रेल्वे रोडमा कतिपयले सडक अतिक्रमण गरेर घर निर्माण गरेको महानगरको दावी छ । महानगरपालिकाका अनुसार दुई किलोमिटर सडकखण्डमा झण्डै ३ दर्जन घरले सडकको क्षेत्र अतिक्रमण गरेका छन् ।

सडकको क्षेत्र क्लियर नभएका कारण नेपाल सरकार, एडीबी र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको नाला निर्माणको काम रोकिएको छ ।

आयोजना व्यवस्थापक शैलेन्द्र श्रेष्ठ निर्माण कम्पनीले साईड क्लियर नभएका कारण काम अघि बढ्न नसकेको बताउँदै आएको जानकारी दिए । ‘रेल्वे रोड ६६ फिटको छ, तर सडक अतिक्रमण गरी घर बनाइएको छ । नाला बनाउने काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘व्यवस्थित वीरगञ्ज अभियान, महानगरपालिका, नेपाल प्रहरीको सहयोगमा अतिक्रमण हटाउने काम सुरु गरेका छौं ।’

सडक अतिक्रमण हटेसँगै ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले नाला निर्माणको काम थाल्ने बताएको छ । महानगरपालिकाले डोजर चलाएपछि घरधनीहरु आफैंले अतिक्रमित भाग भत्काउने प्रतिबद्धता जनाएका छन् । – अनलाईनखबरबाट

प्रतिक्रिया दिनुहोस