आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कर्मचारी समायोजन अध्यादेशको बिरोधमा कर्मचारीहरु द्वारा हातमा कोलो पटृी बांधी स्थानीय तहको कामकाज ठप्प

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) १२८५ पाठक संख्या

बारा , पुस ६ : बाराको स्थानीय तहका कर्मचारीहरुले आफनो केन्द्रिय कार्यक्रम अनुसार स्थानीय तहको कामकाज ठप्प पारेका छन्.स्थानीय तह ट्रेड युनियन संयुत आन्दोलन परिचालन समितिको अव्हानमा बारा सहित देशभरीका स्थानीय तहका कर्मचारीहरुले कार्यालयको कामकाज ठप्प पारेका हुन्।

नेपाल सरकार बाट २०७५ मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ को बिरोधमा उनीह? हातमा कालोपटृी बांधी बिहान १० बजे देखि दिउसो तीनबजे सम्मका लागि कार्यालयको काम काज ठप्प पारेका हुन्। नेपालनगरपालिका कर्मचारी एशोसिएशन ईकाई कार्य समिति कलैया उपमहानगरपालिकाका अध्यक्ष उदित कुमार गुप्ताको अगुवाईमा कलैया उपमहानगरपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारी धर्नामा बसेका हुन्।

यसैगरी जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ, पचरौता, कोल्हवी, निजगढ नगरपालिकाको समेत काम काज ठप्प पारी कर्मचारीहरु धर्नामा बसेका छन्। जिल्लाको सुवर्णगांउ पालिका, देवताल गांउपालिका, आर्दशकोतवाल,बारागढी,करैयामाई,फेटा, बिश्रामपुर, प्रसौनी र परवानीपुर गांउपालिकाको कामकाज समेत कर्मचारीहरुले ठप्प पारेका हुन्।

समितिले स्थानीय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारीलाई सर्वाेच्च अदालतको २०७४ पूष २१ गतेको फैसला आदेशको कार्यान्वयनको ब्यवस्था गर्नुपर्ने, जसका लागि कर्मचारी अध्यादेश, २०७५ को दफा १५ मा ब्यवस्था हुनुपर्ने साथै स्थानीय सरकार संचालन ऐन ,२०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायीत्व साथै सेवा निरन्तरताको ब्यवस्था सोही अध्यादेशमा गर्नुपर्ने, कर्मचारी समायोजन अध्यादेश २०७५को दफा उपदफा ४ बमोजिम स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान ब्यवहार गर्न साविक स्थानीय निकायको कर्मचारीको समकक्षता निर्धारण गरी देहाय अनुसार समायोजन गर्नुपर्ने,श्रेणी बिहीन कर्मचारीलााई दुई ग्रेड थप गर्नुपर्ने माग गरीएको छ ।

यस्त्तै सहायक स्तरका सबै तहका ५ बर्ष भन्दा कम सेवा अवधी भएका कर्मचारीलाई दुई ग्रेड थप र पांच बर्ष सेवा अवधी पुरा भएका लाई एक तह बृद्धी गर्नुपर्ने, पांच बर्ष पुरा भएका सहायक पाचौ तहलाई अधिकृत छैठो तहमा बढुवा गर्नुपर्ने माग गरीएको छ।

यसैगरी पांच बर्ष सेवा अवधी पुरा नभएको अधिकेत स्तर छैठो तहलाई दुई ग्रेड थप सहित तहमा बढुवा गर्नुपर्ने, पांच बर्ष सेवा अवधी पुरा भएका अधिकृत स्तर छेठौ तहलाई आठौ तहमा बढुवा गर्नुपर्ने ,अधिकृत स्तरको सातौ तहलाई दुई ग्रेड थप गरी आठौ तहमा, अधिकृत स्तरको सातौ तहलाई नवौ तहमा, अवधी पुरा नभएका अधिकृत स्तरको आठौ तहलाई दशौ तहमा ,अवधी प’रा भएका अधिकृत स्तरको आठौ तहलाई एघारौ तहमा बढुवा गर्नुपर्ने लगायतको माग राखी चरण बद्ध आन्दोलनमा उत्रेको हो ।

प्रतिक्रिया दिनुहोस