आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठसहित तीन ट्याक्टर नियन्त्रणमा

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ३७९ पाठक संख्या

स्याङ्जापुस ६ : गल्याङ नगरपालिका –९ बेलचौरबाट आज बिहान करिब तीन बजेको समयमा सालको काठसहितका तीन वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबैध रुपमा सालको काठ ढुवानीमा प्रयोग गरिएका लु ३ त ८७४३, लु ३ त ३७५ र लु २ त १०९५ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।

नवलपरासी जिल्ला सुनवल नगरपालिका– ११ स्थायी घर भई ट्याक्टर चलाउँदै आएका ३९ वर्षीय रोहित चौधरी, पाल्पा जिल्ला रम्भा गाउँपालिका–१ का २३ वर्षीय यामबहादुर गाहा र गल्याङ नगरपालिका–९ बस्ने प्रकाश माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शंकार आचार्यले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस