आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कैदीको मृत्यु

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ७६० पाठक संख्या

गौशालापुस ६ : महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महीना कैद भुक्तान गर्दै आएका कैदी मण्डल नशासम्बन्धी रोगले ग्रसित रहेको तथा पहिलेदेखि नै पटकपटक विभिन्न अस्पतालमा उनको उपचार हुँदै आएको थियो । आज बिहान करीब ६ बजे पुनःअचानक अत्यधिक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो भने उनको उपचारकै क्रममा करीब ७ बजे मृत्यु भएको जेलर ठाकुरले बताउनुभयो ।

मृतक कैदी मण्डलको शव परम्परागत रीतिरिवाजअनुसार अन्तिम संस्कारका लागि उनकी पत्नी प्रेमकुमारी देवीले बुझी लगेको जलेश्वर कारागारले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस