आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसमा पदाधिकारी संख्या १३, देउवाको अडान फेल !

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ५०५ पाठक संख्या

काठमाडौं , पुस ६ : नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ । विधान मस्यौदामा अड्किएको कांग्रेसमा पदाधिकारी संख्या बढाएर १३ राख्नेमा सहमति भएको छ । अब सहमहामन्त्रीको संख्या ७ पुग्ने भएको हो । उपसभाति, महामन्त्री भने २–२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।

१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वा्चित हुनेछन् । सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ । यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २–२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हट्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस