आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

३ करोडको बाइक चढ्ने नेपाली युवा

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ६३० पाठक संख्या

काठमाडौं , पुस ६ :  संसारकै सर्वाधिक ठूलो बाइक चढ्ने व्यक्ति नेपाली अन्दिप आचार्य भएका छन् । उनले हालै हार्ले डेभिडसनको भी८ चोपर किनेका छन् ।

इंग्ल्यान्डको नटिंघममा बसोवास गर्ने अन्दिपले किनेको हार्लेको यस्तो बाइक इंग्ल्यान्डमै ६ वटा मात्र छन् । ती ६ मध्ये एक बाइक अन्दिपको हुन पुगेको छ । उनी नटिंघममा गोर्खा किचेन नामक रेष्टुराँ सञ्चालन गरिरहेका छन् ।

अन्दिपले यो बाइक ९० हजार पाउन्डमा किनेका हुन् । नेपाली बजारमा यो बाइकको मूल्य अनुमान लगाउदा पनि ३ करोड रुपैयाँ भन्दा माथि नै पर्छ ।

हामी अनुमान लगाउन सक्छौ, अन्दिप नै यति धेरै महंगो बाइक चढ्ने एक्लो नेपाली होलान् । हार्ले आफैमा एउटा प्रतिष्ठित र महंगो कम्पनी हो । यस्तो कम्पनीको महंगो बाइक चढ्नु आफैमा गजबको शोख हो ।

हार्ले डेभिडसनको सो बाइक ५७०० सीसीको छ । यसको तौल १००० केजी छ । अन्दिपले ठट्यौली पारामा भनेका छन्, ‘म ८० केजीको ब्यक्तिले एक हजार केजीको बाइकलाई सम्हाल्नु पर्ने भएको छ । जसरी पनि यसको लागि व्यवस्थापन गर्नु परेको छ ।’

अन्दिप बाइकका कति शौखिन हुन् भने यस अघि पनि उनले हार्ले डेभिडसनको बाइक आफैले डिजाइन गरी अमेरिकी कम्पनीलाई बनाउन लगाएका थिए । हार्लेको सो बाइकमा पछाडिको टायर संसारकै सर्बाधिक ठूलो अर्थात ३३० एमएम र १२७ क्युबिक पिस्टनको थियो ।

सो बाइकको मूल्य ३९ हजार पाउण्ड थियो । अन्दिपले अहिले यही बाइक बेचेर फेरि नयाँ भी८ चोपर किनेका हुन् । रोचक कुरा के छ भने अन्दिप आफैले डिजाइन गरेको र ३९ हजार पाउण्ड मूल्य परेको सो बाइक हाल इंग्ल्यान्डमा यति चर्चित भयो कि ४५ हजार पाउण्डमा हारालुछका साथ यो बाइक बिक्री भयो ।

आफ्नो डिजाइनलाई यसरी धेरैले मन पराएकोमा आफू गौरवान्वित भएको अन्दिप बताउछन् ।विगत १७ बर्ष यता अन्दिप हार्ले डेभिडसनको लाइफ मेम्बर छन् । उनकी श्रीमती मुक्ता आचार्य पनि हार्लेको लाइफ मेम्बर छिन् । अन्दिप यो अवस्थामा पुग्नुमा श्रीमतीको समेत महत्वपूर्ण भूमिका भएको बताउछन् । श्रीमती उनको एक असल साथी पनि हुन् ।

हार्ले राइडरहरु संलग्न रहेको क्लबमा ३५१ जना छन् । तर अन्दिप र उनकी श्रीमती मात्र एसियाली मुलका हुन् । उनीहरुको क्लबको नाम शेरउड च्याप्टर हो ।

यो समूहले संसारभरी टुर गर्छ । आफू हार्ले अमेरिकामा र क्यानडामात्र जान बाँकी रहेको दाबी गर्छन् ।अन्दिपसँग अहिले हार्लेका दुई वटा बाइक र एउटा रोयल इन्फिल्ड बुलेट ५०० पनि छ । बुलेट बाइक पनि उनले कस्टमाइजेसन गरी आफ्नै स्टाइलको बनाएका छन् । उनले आफूसँग भएको हार्लेको फ्याट ब्वाई १६०० सीसी भने कहिल्यै नबेच्ने बताउछन् ।

अन्दिप बाइकका शौखिन मात्र होइनन्, समाज सेवामा पनि उत्तिकै जागरुक छन् । नेपालमा २०७२ सालमा गएको भूकम्पको समयमा आफूसँग भएको डुकाटी र हार्ले डेभिडसनको अर्को बाइक राफलमा बेचेर नेपालका भूकम्पपीडितलाई सहयोग गरेका थिए । त्यो समयमा आफूले गरेको ४७ लाखको सो सहयोग सम्झिँदा अहिले पनि आफूलाई गौरवको अनुभूति हुने गरेको उनले बताए ।

नेपालको पर्यटन प्रवद्र्धनमा पनि अन्दिपले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । विगत ४ वर्ष यता उनले बाइक टुरको लागि इंग्ल्यान्डका १०।१२ जना साथीहरुलाई नियमित रुपमा नेपाल पठाइरहेका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस