आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रुस्लान सिमरा गोल्डकप माघमा

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ५०३ पाठक संख्या

सिमरा , पुष ६ : रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण माघ पहिलो साता हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ ३ गतेदेखी शुरु हुने जानकारी गराएको हो ।

अखिल नेपाल फूटवल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ । सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, मोफसलको तीन र एउटा बिदेशी क्लब गरी १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।

आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । आयोजकले यस वर्ष पनि ३४ जना खेलाडी, अफिसियल, रेफ्री, ग्राउण्ड म्यानको पाच लाख र ५० जना दर्शकको एक लाखको बिमा गरेको छ । सानिमा जनरल ईन्स्युरेन्सले खेलाडी र दर्शकको बिमा गरेको उपाध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।

करिब ७७ लाख अनुमानित बजेट रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा विजय डिष्ट्रिलरी र सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद, एन्फा र जीतपुरसिमरा उपमहानगरपालिका रहेको छ । प्रतियोगिताको सहप्रायोजकमा क्याल ग्रुप अफ ईण्डष्ट्रिज, सुर्य नेपाल प्रालित, जगदम्बा स्टील्स्, हुलास स्टील्स्, क्लासिक ईण्डष्ट्रिज, बिश्वकर्मा सिमेन्ट लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस