काठमाडौं , पुस ६ : बिग बासको प्ले लिष्टमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पारेका छन् । लामिछानेको टीम मेलबर्न स्टार्सको पहिलो खेल केहीबेरमा शुरु हुँदैछ ।
सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्युमा परेका हुन् । मेलबर्नको विदेशी खेलाडीमा वेष्ट इन्डिजका ड्यान ब्राभोसँगै नेपालका सन्दीप लामिछाने मात्रै छन् ।
यो खेलसहित सन्दीपले टी–ट्वान्टी फर्मेटका विश्वभर हुने लगभग सवै खेल खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस