आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छुटे गुन्डा नाइके दीपक मनाङ्गे

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं , पुस ६ :  विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेका गुन्डा नाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङ थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागारले जनाएको छ ।

प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

अघिल्लो वर्ष माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । त्यसलगत्तै फरार भएका उनले सांसदको सपथ समेत लिन पाएनन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस