पुस ६ : नेपाली र अंग्रेजी भाषामा निर्माण भएको चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘आकाशै घुमेर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा चलचित्रका मुख्य कलाकार जोसे म्यानुअल र नायिका आना शर्माको मुख्य भूमिका छ । यो गीतमा आना र जोसे रोमान्टिक देखिएका छन् । यो चलचित्र चैत्र १ गतेबाट नेपालमा रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस