आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बीसीजी खोप लगाउँदा सुनसरीमा शिशुको मृत्यु, अनमी प्रहरी नियन्त्रणमा

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ४९७ पाठक संख्या

सुनसरी , पुस ६ :   जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिहीबार बीसीजी खोप लगाउँदा एकमहिने शिशुको मृत्यु भएको छ ।

खोपका कारण स्थानीय शिवु खत्वेको एकमहिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् ।

खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ ।

रासस

प्रतिक्रिया दिनुहोस