आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नक्कली एजेन्ट १८ लाख ठगेर सम्पर्कविहीनः १२ युवा अलपत्र

AuthorAP Khabar २०७५ पौष ६, शुक्रबार ( ५ साल अघि) ४०२ पाठक संख्या

राजविराज , पुस ६ :  सप्तरीका एक एजेन्टले नक्कली भिसा दिएर १८ लाख रुपैया ठगी गरेपछि मोरङ्ग जिल्लाका १२ जना युवा अलपत्र परेका छन् । काठमाडौंबाट फर्किएर तिलाठी कोइलाडी गाउँपालिका वडा नं.४ का एजेण्ट अशोक मण्डललाई खोज्दै आज (शुक्रवार) सप्तरी आएपछि ठगी बारे खुल्न आएको हो ।

दुवई पठाइदिने भन्दै ४ महिनाअघि नै एजेन्ट मण्डलले प्रतिव्यक्ति १–१ लाखको दरले लिएपनि रोजगारमा पठाउन आलटाल गर्न थालेपछि उनीहरु भौतारिदै राजविराज स्थित आप्रवासन श्रोत केन्द्र आएका छन् । पछिल्लो पटक गत मंसिर ८ गते नै काठमाडौं वोलाए तर एक महिना वितिसक्दा समेत नउडाएपछि भिसा जाँच गराउँदा नक्कली ठहरिको उनीहरुको भनाई छ । चार पटकसम्म पनि काठमाडौं बोलाएर होटलमा वस्न लगाएपनि सम्पर्कमा एजेन्ट नआएको तथा आफुहरुसँग भएको पैसा सकिएपछि घरबाट पैसा मगाएर काठमाडौंबाट फर्किनु परेको युवाहरुको दुखेसो छ ।

ठगीमा परेका युवकहरुको साथमा एजेण्टलाई विभिन्न वैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको तथा एजेन्टसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको आप्रवासन श्रोत केन्द्रले जनाएको छ ।सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत लिखित निवेदन दिन लगाएर न्यायको लागि पहल थालिएको परामर्शकर्ता निता चौधरीको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस