आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमराकी महिला जनप्रतिनिधिमाथी निर्घात कुटपिट, एक पक्राउ

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ५ साल अघि) ४०८ पाठक संख्या

सिमरा , पुष ७लागुपदार्थ, मदिरा र जुवाविरुद्धको अभियान सुरु गरेको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाकी एक महिला जनप्रतिनिधिमाथी कुटपिट भएको छ ।
उपमहानगरपालिका वडा ५ बकुलियाकी वडा सदस्य सविता देवीलाई स्थानिय दिनदयाल चौधरी र उनका छोरा करण चौधरीले बिहिवार साझ निर्घात कुटपिट गरेकी हुन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागेपछि सवितादेवीको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भईरहेको छ ।
घरमा बसिरहेको अवस्थामा उनीमाथी निर्घात कुटपिट भएको वडाअध्यक्ष मोहीत चौधरीले जानकारी दिएका छन् । वडासदस्यमाथी कुटपिट भएपछि प्रहरीले स्थानिय मदिरा पसलका सञ्चालक दिपेश चौधरीलाई पक्राउ गरेको छ । वडाअध्यक्ष चौधरीका अनुसार मदिरा विक्री बन्द गरेपछि पसल सञ्चालकको योजनामा सवितादेबीमाथी कुटपिट भएको हो ।
सवितादेबीलाई कुटपिट गर्ने बाबुछोरा भने फरार छन् । ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरिक्षक सुभाष हमालले घटनामा संलग्न रहेकाको खोजी भईरहेको र एक जनालाई पक्राउ गरीएको बताए । हमालले घटनाको अनुसन्धान भईरहेको बताएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. पौडेलले वडासदस्यमाथी कुटपिट भएको घटनाको भत्र्सना गरेका छन् । मेयर डा. पौडेलले मदिरा बिक्री बन्द गरेकै निहुमा महिला वडासदस्य कुटिनु दुर्भाग्य रहेको बताए । कुटपिटमा संलग्न ब्यक्तिलाई तत्काल पक्राउ कानुनी दायरामा ल्याउन र यस्ता घटना  दोहोरित नदिनका लागि स्थानिय प्रशासन सचेत रहन आग्रह गरेका छन् ।
वडा कार्यलयले लागुपदार्थ, मदिरा र जुवा नियन्त्रणका लागि वडामा अभियान सञ्चालन गरेको थियो । वडाले अभियान सञ्चालन गरेपछि वडासदस्य सवितादेबीसहित जनप्रतिनिधिले अनुगमन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस