आज:  २०८२ माघ ४, शनिबार | Sat, 17, Jan, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी प्रभागभित्रै गोली चल्यो

AuthorAP Khabar २०७५ पौष ७, शनिबार ( ७ साल अघि) ४९८ पाठक संख्या

काठमाडौं , पुष ७ : ललितपुरको लाँकुरी भञ्ज्याङ प्रहरी प्रभागभित्रै गोली चलेको छ। प्रभागका इन्चार्ज असई रमेश तामाङको पेस्तोलबाट चलेको गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्। उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। घाइतेलाई प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ।

गोली अनलोड गर्ने क्रममा गएराति असावधानीवश गोली चलेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको ललितपुरका एसपी शेखर खनालले बताउनुभएको छ। असई तामाङलाई नियन्त्रणमा लिई सातदोबाटो वृत्तमा राखिएको छ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस